एजेन्सी। डिफेन्डिङ च्याम्पियन स्पेनले चेक रिपब्लिकमाथि हिजो राती भएको युरोकप फुटबल खेलमा कठिन जित निकालेको।
संघर्षपूर्ण खेलमा स्पेनले चेक रिपब्लिकमाथि १–० को कठिन जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
स्पेनले पहिलो हाफमै गोल गर्ने राम्रा मौका पाएपनि चुकेको थियो। राम्रा मौका सिर्जना गर्न पनि स्पेनलाई चेक रिपब्लिकको डिफेन्स लाइनलाई तोड्न भने हम्मेहम्मे परेको थियो।
स्पेनका लागि खेलको ८७ औँ मिनेटमा जेरार्ड पिकेले हेड मार्फत गोल गर्दै जित दिलाएका थिए। चेकले पनि दोश्रो हाल्फमा राम्रा अवसरहरु गुमाउनु परेको थियो।