एजेन्सी। भेनेजुएलाको चुनौती सहज रुपमै पन्छाउँदै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
अर्को आजै भएको दोश्रो खेलमा चिलिले मेक्सिकोलाई ७-० गोल अन्तरले हराएको छ। योसंगै चिलीले सेमिफाईनलमा कोलम्बियालाई आफ्नो प्रतिदोंदीको रुपमा पाएको छ ।
भेनेजुएलालाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा प्रवेश गरेको हो।
अर्जेन्टिनाको जितमा कप्तान मेसी, हिगुइन् र एरिक लमेलाले गोल गरे।
कप्तान मेसीको लामो पासलाई सदुपयोग गर्दै गोन्जालो हिगुइनले खेलको आठौं मिनेटमा गोल गर्दै अग्रता टिमलाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलको २८ औं मिनेटमा हिगुइनले नै अर्को गोल थप्दै २–० को अग्रता दिलाए। पहिलो हाफको ४४ औं मिनेटमा पाएको पेनाल्टीमा चुक्दा भेनेजुएलाले गोल गर्ने अवसर चुकायो।
लुइस स्वारेजसले हानेको पेनाल्टी अर्जेन्टिनाका किपर सर्जियो रोमारिले उत्कृष्ट बचाउँ गरेका थिए।
पहिलो हाफमा २–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल गरेको थियो। खेलको ६० औं मिनेटमा निकोलस गाइटनको पासमा मेसीले गोल गरे।
लगत्तै भेनेजुएलाका रोनडोनले खेलको ७० मिनेटमा काउन्टर अट्याकमा गोल गर्दै टिमको अग्रता छोट्याए। अलेजेन्ड्रोले दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन्।
भेनेजुएलाले अग्रता छोट्याएको एक मिनेट पनि नबित्दै ६७ औं मिनेटमा मैदान छिरेका एरिक लमेलाले मेसीकै पासमा गोल गरेर अग्रतालाई ४-१ मा पुर्याए।
अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्नुपर्ने छ। अर्को सेमिफाइनलमा चिलीle र मेक्सिकोको खेलमा बिजेता हुने टीमले कोलम्बियासँग खेल्नेछ।