बर्षाका कारण प्रभावित खेल सुरु (अपडेट)

Advertisement

काठमाडौंः मलेसियामा जारी एसीसी यु१९ एसिया क्रिकेट कप अन्तर्गत समुहको अन्तिम खेल सुरु भएको छ । नेपाल र मलेसियाबिचको खेल बर्षाका कारण ढिलो गरि सुरु भएको हो ।

खेलमा नेपालले टस जितेर फिल्डि रोजेको छ । ढिलो गरि सुरु भएको खेललाई छोट्याएर २४ ओभरको बनाइएको छ ।

बर्षाका कारण नेपाल-मलेसियाबिचको खेल प्रभावित

काठमाडौंः मलेसियामा जारी एसीसी यु-१९ एसिया क्रिकेट कप अन्तर्गत समुहको अन्तिम खेल बर्षाले प्रभावित भएको छ । नेपाल र मलेसियाबिचको खेल बर्षाका कारण अहिले सम्म सुरु हुन सकेको छैन ।

मेलसियाको स्थानीय समय १२:३० बजेसम्म पनि लगातार वर्षा भइरहेको कारण खेल प्रभावित भएको हो । बर्षाका कारण तालिका अनुसारको टस र खेलनै प्रभावित भएको हो । अब वर्षा रोकिएपछि अम्पायरहरुले मैदान निरिक्षण गरेर खेल्न योग्य घोषणा गरे मात्र खेल सुरु हुनेछ ।

लगातारको वर्षाका कारण खेल हुने नहुनेमै शंका उत्पन्न भएको छ । प्रतियोगितामा नेपालले दुई खेलबाट दुई अंक बटुलेको छ । यसअिघका खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो भने भारतमाथि ऐतिहासिक जित निकालेको थियो । मलेसिया भने प्रतियोगिताबाट बाहिरि सकेको छ ।

नेपाललाई सेमिफाइनलमा प्रवेश गर्नका लागि जित आवश्यक छ । साथै भारत र बंगलादेशबिचको खेलको नतिजाले पनि समिकरणमा असर पार्नेछ ।

Advertisement

Advertisement

Advertisement