सन् २०१४ को विश्वविजेता जर्मनीलाई पछार्दै फ्रान्स यूरोकपको फाइनलमा

Advertisement

मार्सेली (फ्रान्स)। सन् २०१४ को विश्वकप विजेता जर्मनी सन् २०१६ को यूरोकपबाट भने बन्चित भएको छ । शुक्रबार बिहान भएको खेलमा आयोजक फ्रान्ससँग २)० ले पराजित भएसँगै जर्मनीको यूरोकप यात्रा अन्त्य भएको हो । 

खेलमा फ्रान्सका एन्टोन ग्रिजम्यानको चमत्कारिक गोलले खेलको नजिता अनपेक्षित हुन पुगेको हो । दुवै गोल उनी एक्लैले गरेका थिए । जर्मनीले सुरुदेखि नै फ्रान्सलाई निकै दबाब राखे पनि गोल गर्ने सबै अवसर उसले गुमायो । पहिलो हाफमा जर्मनीको चार प्रहार फ्रान्सका गोलकिपरले बिफल पारेका थिए भने दोस्रो हाफमा पनि जमर्नीको तर्फबाट भएका प्रयास खेरगएका थिए । 

Advertisement

पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी अवसरलाई ग्रिजम्यानले गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । जर्मनका क्याप्टेन बास्टियनले डिबक्सभित्र हृयाण्ड गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए । अब फा्रन्सले फाइनलमा पोर्चुगलको सामना गर्नुपर्नेछ । 

एक्काउन्न हजार दर्शक रहेको भेलड्रोम रंगशालामा घरेलु टिमलाई दर्शकको पनि साथ थियो । आजको खेलमा दुई गोल थपेर फ्रान्सका सुपरस्टार एन्टोनले जारी प्रतियोगितामा कुल गोल संख्या छ पुरयाइ अहिलेसम्मको सर्वाधिक गाृलकर्ता बन्न सफल भएका छन् । फ्रान्स र पोर्चुगलबीचको फाइनल खेल नेपाली समयअनुसार आइतबार राति पौने १ बजे सुरु हुनेछ । 

Advertisement

Advertisement