नबिन लुइंटेल
मंगोलिया। एएफसी कप, प्ले अफको पहिलो खेलमा नेपालको लिग बिजेता थ्री स्टार क्लबले मंगोलियाको लिग बिजेता एर्चिम फुटबल क्लबलाई आईतबार २-० ले गोल अन्तरले हराएको छ।
मंगोलियाको राजधानी उलनबटारमा भएको खेलमा थ्रीस्टारले मध्यान्तर अघि १ गोल र मध्यान्तर पछि थप एक गोल गरेको थियो।
थ्री स्टारका लागि खेलको १३ औं मिनेटमा नाइजेरियन खेलाडी मार्टिन्स कयोदेले क्लबलाई अग्रता दिलाएका थिए भने खेलको ७५औं मिनेटमा बिक्रम लामाले खेल नेपालको पक्षमा सुनिस्चित गरेका थिए ।