पौडी खेलाडी गौरिकालाई राष्ट्रपतिले गरिन सम्मान, सन् २०२० को लागि तयारी गर्न सल्लाह

Advertisement

काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले ब्राजिलमा हालै सम्पन्न रियो ओलम्पिकमा सहभागी पौडी खेलाडी गौरिका सिंहलाई बिहीबार सम्मान गरिन । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा भण्डारीले सिंहलाई सम्मान गरेकी हुन । 

राष्ट्रपति भण्डारीले ओेलम्पिकमा सहभागी खेलाडीमध्ये सबैभन्दा कम १३ वर्ष उमेरकी पौडीबाज खेलाडीका रुपमा गौरिकाले नयाँ कीर्तिमान कायम गरेकी थिइन। राष्ट्रपति भण्डारीले सिंहलाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको भन्दै सन् २०२० को ओलम्पिकका लागि अहिलेदेखि नै तयारी गर्न सल्लाह दिइन । 

Advertisement

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, कमिटिका सदस्य तथा नेपाल पौडी सङ्घका अध्यक्ष अशोकरत्न बज्राचार्य लगायत थिए । 

Advertisement

Advertisement