एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सी वाटर्फोर्डसँग पराजित भएको छ । गए राति भएको खेलमा चेल्सीलाई वाटफोर्डले ४-१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको ४२औं मिनेटमा वाटफोर्डका लागि ट्रोय डीनीले पेनाल्टिको अवसर सदुपयोग गर्दै सुरुवाती अग्रता दिलाए । दोस्रो हाफको ८२औं मिनेटमा चल्सीका इडन हर्जाडले टोलीका लागि बराबरी गोल फर्काए ।
खेलको अन्तिम समयमा समहालिन नसकेपछि छ मिनेट भित्र चेल्सीले तीन गोल खायो । खेलको ८४औं मिनेटमा डेलर यानमार्टले, ८८औं मिनेटमा जेरार्ड डेलोफेउ र ९१औं मिनेटमा रोबर्टो पररेराले गोल गरेपछि वाटफार्डले लिगमा फराकिलो जित दर्ता गरेको हो ।
चेल्सीका बाकायोको पहिलो हाफमै रातो कार्ड खाएर मैदान बाहिर गएपछि टोली १० खेलाडीमा सिमित भएको थियो । हारसँगै चेल्सी लिगमा ५० अंकका साथ चौथो स्थानमा रहेको छ ।