काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आज भएको खेलमा नेपालले युएईलाई
चार विकेटको फराकिलो अन्तरले हराएको छ ।
डक ओर्थ लुइसको नियमानुसार ३४ ओभरमा छोटाइएको थियो जसमा नेपलिया युएईले ११५ रन्को लक्ष दिएको थियो जुन नेपालले २८.५ ओभरमा भेटायो ।
आजको खेलमा सोम्पाल कामीले सर्वाधिक ४ विकेट लिए भने सन्दीप लामिछानेले व्यक्तिगत ३ विकेट लिएका थिए । त्यस्तै, कप्तान पारस खड्काले ४८ बल खेलेर व्यक्तिगत ५१ रनको योगदानले नेपालको जित सुनिश्चित गराएका थिए ।
यसघिको खेलको विवरण:
युएई र नेपालबिचको खेलमा युएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस हारेर सुरुवाती ब्याटिङ गरेको युएईले निर्धारित ३४ ओभरको खेलमा १० विकेट गुमाउदै ११५ रनको लक्ष्य दिएको हो । निर्धारित समय भन्दाा दिलो गरि सुरु भएको खेल ३४ ओभरमा छोट्याइएको थियो । खेलमा बलरहरुले उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालले युएईलाई ११४ रनमै अलआउट गरेको हो ।
नेपालका लागि सन्दिप लामिछाने ७ ओभर बलिङ गर्दै ३० रन खर्चिएर ३, सोमपाल कामीलवे ७ ओभर बलिङ गर्दै समान ३० रन खर्चिएर सार्वधिक ४ विकेट, पारस खड्का (कप्तान)ले २ र करण केसीले १ विकेट लिए । युएईका लागि शाहीमान अनवारले ३०, अदान मुफ्तिले १८ र गुलाम शहब्बरले १६ रन बनाउनु बाहेक अरुले राम्रो ब्याटिङ गर्न सकेनन् । नेपालले अबको केही समयमानै ब्याटिङ सुरु गर्नेछ ।