पहिलो खेलको हारको बदला लिंदै हङकङलाई नेपालले छ रनले हरायो

Advertisement

हङकङ। महिला टी-२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आयोजक हङकङलाई ६ रनले हराएको छ।

७६ रनको लक्ष्य पछ्याएको हङकङलाई १७ ओभर ४ बलमा ६९रनमा अलआउट गर्दै नेपालले दुई अंक जोडेको हो।

Advertisement

हङकङविरुद्ध जित हात पार्ने क्रममा नेपालकी करुणा भन्डारीले ३ तथा सरीता पुनले २ विकेट लिइन्। रुबिना क्षेत्री, सबनम राई र निर्मला कुमारीले १-१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७५ रन बनाएको थियो।

नेपालका लागि करुणा भन्डारीले अविजित १९ रनको सर्वाधिक योगदान गरिन्। इन्दु बर्माले १५, ज्योती पाण्डेले ११ र नेरी थापाले १० रनको योगदान गरे। बाँकी खेलाडीले दोहोर अंक बनाउन सकेनन्।

हङकङकी बेट्टी चानले सर्वाधिक ३ विकेट हात पारिन्। 

Advertisement

Advertisement