ब्याटिङ नचल्दा नेपालले दियो अफगानिस्तानलाई १९५ रनको झिनो लक्ष्य

Advertisement

काठमाडौँ: नेपालले जारी आइसीसी क्रिकेट बिश्व कप छनोट खेलको आफ्नो तेश्रो खेलमा आज अफगानिस्तानविरुद्द १९५ रनको चुनौती पेश गरेको छ ।

जिम्बावेको बुलावायो एथ्लेटिक क्लबमा भएको शनिबारको खेलमा नेपालका कप्तान पारस खाड़काले सर्वाधिक ७५ रनको योगदान दिए भने त्यसपछि आएका दिपेन्द्र सिंह एरीले दोश्रो सर्वाधिक ठूलो योगफल जम्मा ३२ रनको दिए । त्यस्तै, आरिफ शेखले २३ र ओपनर ज्ञानेन्द्र मल्लले पनि २३ रनकै योगदान दिए ।

त्यसपछि आयेअका कोहि पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । आज नेपालको ब्याटिङ दोस्त पार्न काप्तान मोहममद नाबी र राशिद खानको मुख्य भूकिमा रह्यो ।

नेपाल ४९ दसमलव ५ बलमा अल आउट भएका थिए । अफगानिस्तानका कप्तान नाबीले ४, रशिद खानले ३, शापुर ज्याड्रनले २ र मुजिव रहमानले एक विकेट लिएका थिए ।

Advertisement

Advertisement

Advertisement