काठमाडौं: नेपाल आफ्नो तेश्रो खेलमा जारी आइसीसी बिश्व कप क्रिकेट क्वालिफायरमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले मात्र ३८.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
उसको सुरुवात औषत रहृयो । रसिद खान र जाभेद अहमदीले पहिलो विकेटका लागि २८ रनको साझेदारी गरे । खानलाई छैटौं ओभरको दोस्रो बलमा करण केसीले आउट गरे ।
तर, नयाँ ब्याट्सम्यान राहमत साहले दोस्रो विकेटका लागि अहमदीसँग ६५ रनको सझेदारी गरे । अहमदी २६ रनमा आउट भए । थप १८ रन जोड्दा साह ४६ रन बनाएर पभेलियन फर्किए ।
मोहम्मद नाबी र नजिबुल्लाह जादरानले अफगानिस्ताको पारी सम्हाले । दुबैले ३९ रनको महत्वपूर्ण साझेदारी गरे । नाबीलाई दिपेन्द्र सिंह ऐरीले ३४ रनमा आउट गरे तर, त्यसबेलासम्म खेल अफगानिस्तानको पक्षमा गइसकेको थियो ।
नाबी आउट भएपछि जादरानले आक्रामक पारी खेल्दै अर्धशतक पुरा गर्दै टिमलाई जित दिलाए । उनी ५२ रनमा अविजित रहे भने नेसवारी ८ रनमा नटआउट रहे ।
नेपालका दिपेन्द्रले २ विकेट लिँदा करण केसी र सन्दिप लामिछानेले १-१ विकेट लिएका छन् ।