अन्तिम खेलमा हङकङसँग खेल्दै नेपाल, वान डे मान्यता पाउँन जित्नै पर्ने

Advertisement

काठमाडौंः जिम्बावेमा जारी आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल समूहको अन्तिम खेलमा हङकङसँग सोमबार भिड्दै छ । सोमबार दिउँसो सवा एक बजे हरारेको क्विनस् मैदानमा हुने खेलमा अंकविहीन नेपाल र एक खेलमा जितेको हङकङबीच प्रतिस्पर्धा हुन लागेको हो ।

लगातार तीन खेलमा पराजित नेपाल समुहको पुच्छारमा छ भने हङबकङ एक खेल जित्दै दुई अंकका साथ चौथो स्थानमा छ । नेपाल र हङकङबीचको खेल सुपर सिक्समा पुग्ने टोलीको निर्णायक खेल भएकाले दुवै टोलीलाई भोलीको खेल महत्वपुर्ण छ । समूह ‘बी’मा अफगानिस्तान र हङकङको समान दुई अंक भएपनि रनरेटका आधारमा अफगानिस्तान तेस्रो स्थानमा छ ।

नेपाललाई जितेमा हङकङ चार अंकका साथ तेस्रो स्थानमा रहँदै सुपर सिक्सको यात्रा गर्ने छ । तर, हङकङलाई थोरै अन्तरमा नेपालले हराएमा रन रेटका आधारमा अफगानिस्तान सुपर सिक्समा पुग्नेछ । आयोजक जिम्बावे र स्कटल्याण्ड समूह ‘बी’बाट लगातार तीन खेल जित्दै सुपर सिक्समा पुगिसकेका छन् ।

नेपाल सुपर सिक्समा पुग्ने सम्भावना भने करिव सकिई सकेलाले हङकङलाई फराकिलो अन्तरमा हराउन पर्ने छ । तर, सुपर सिक्समा नअटाए पनि वान डे मान्यता पाउँनको लागि हङकङलाई जसरी पनि हराउन पर्नेछ । यसका लागि नेपालले समुह ‘ए’ को नतिजा कुर्नपर्नेछ ।

Advertisement

Advertisement

Advertisement