नेपाल भर्सेस हङकङः जिते ओडीआई स्टाटसको संभावना, हारे रेलिगेसनको खतरा

Advertisement

काठमाडौंः जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत हरारेको क्विन्स् क्रिकेट मैदानमा नेपालले सोमबार हङकङको सामना गर्दै छ । प्रतियोगितामा लगातार तीन खेलमा पराजित भएको नेपाल आफ्नो अन्तिम खेलमा जित्नै पर्ने दबावका साथ हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

ओडीआईको स्टाटस पाउने सम्भावना जिवित राख्नलाई पनि नेपालले यस खेलमा फराकिलो अन्तरमा जित निकाल्न पर्छ । पराजित भएका समूहको पुच्छरमा रहँदै रेलिगेसनमा पर्ने सम्भावना हुन्छ । नेपाललाई डिभिजन टुमा घटुवा हुनबाट जोगिन हङकङलाई पराजित गर्नै पर्छ ।

तर, आजको खेलमा जित निकालेर मात्रै नेपाललाई पुग्दैन । नेपालले हङकङलाई फराकिलो अन्तरमा हराएमा अफगानिस्तान सुपर सिक्मा पुग्ने छ । झिनो अन्तरले जित निकालेमा भने समूह ‘ए’ को खेलमा भर पर्छ ।

युएई सुपर सिक्समा पुग्यो र नेपाल हङकङसँग हारेमा नेपाल फेरी डिभिजन टुमा घटुवा हुन्छ ।

Advertisement

Advertisement

Advertisement