नेपाल भर्सेस पीएनजीः जिते ओडीआई सम्भावना, हारे रेलिगेसनको पासो

Advertisement

काठमाडौंः जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको प्ले अफ खेलमा विहीवार नेपालले पपुवा न्यूगिनी (पीएनजी)को सामना गर्दै छ । नेपाल डिभिजन टुमा घटुवा हुनबाट जोगिँदै वान डे मान्यता (ओडीआई) पाउने सम्भावना कायम राख्न पीएनजीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

अर्को प्लेअफमा दुवै टोलीको लक्ष्य जित निकाल्दै डिभिजन टुमा घटुवा हुनबाट जोगिनु हुनेछ । नेपालले समूह चरणका तीन खेल जितेको छ, भने पीएनजी खेलेका चार खेलमै पराजित भएको छ । नेपालसँग पीएनजी पनि ओडीआई मान्यता पाउने सम्भावना कायम राख्नलाई भोलीको खेलमा जित्नै पर्ने दबावका साथ मैदान उत्रँदै छन् ।

भोली हुने खेलमा नेपालले पीएनजीलाई पराजित गरेर मात्र ओडीआईको मान्यता पाउँदैन । भोलीनै हुने अर्को प्लेअफमा नेदरल्याण्डस्ले हङकङलाई पराजित गरेमा मात्र नेपालले ओडीआईको मान्यता पाउँन सक्छ । यदी नेपाल र हङकङल दुवैले जितेमा प्रतियोगिताको सातौं स्थानमा रहन सके मात्र ओडीआईको मान्यता नेपालले पाउने छ ।

नेपाल समूह ‘बी’को चौथो स्थानमा तथा पीएनजी समूह ‘ए’को पाँचौ स्थानमा रहँदै प्ले अफमा छनोट भएका हुन् । साथै, नेदरल्याण्डस् समूह ‘ए’को चौथो स्थानमा र हङकङ समूह ‘बी’को पाँचौ स्थानमा रहेर प्लेअफमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

भोलीको खेलमा हङकङ पराजित भएमा पीएनजीले नेपाललाई जितेमा उसले ओडीआई मान्यता पाउँनेछ । हङकङले जित निकालेमा नेपाल वा पीएनजीमभ्ये जस्ले जिते पनि सातौं स्थानमा रहने टोलीले ओडीआई मान्यता पाउँनेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेकाले नेदरल्याण्डस् भने पराजित भए पनि रेलिगेसनमा पर्दैन । संयुक्त अरब इमिरेट्स र स्कटल्याण्डले भने सुपर सिक्समा स्थान बनाइ सकेका छन् ।

अहिलेसम्म नेपाल र पीएनजीबीच भएका दुई खेलमै नेपाल पराजित भएको छ ।

Advertisement

Advertisement

Advertisement