आधुनिक प्रविधि नहुँदा ठगी गिरोह पक्रन कठिन

Advertisement

काठमाडौंः आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ । अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हुँदा प्रहरीलाई समस्या भएको हो ।

सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह नै रहेको तर प्रहरीले ठगीको प्रमुख नाइकेलाई हालसम्म फेला पार्न नसकेको महानगरीय प्रहरी परिसर, टेकुका मुद्दा शाखाका प्रमुख एंव प्रहरी निरीक्षक मोहनकुमार थापाले बताए ।

“अनलाइन ठगीमा विदेशी नम्बरको प्रयोग बढी भएको पाइएको छ,” उनले भने । ठगी गर्न गिरोहले विभिन्न प्रविधिमार्फत विभिन्न व्यक्तिलाई तपाईंलाई यति रकम चिठ्ठा परेको छ । रकमको यति प्रतिशत कर तपाईंले यो खातामा हालिदिनुस्, तपाईंको खातामा रकम पठाइदिन्छौं भन्ने सूचना मोबाइलमा पठाउने गरेको छ ।

रकम पाउने लालसाकै कारण मानिस सजिलै लोभमा परी सूचनामा उल्लेख भएअनुरुप खातामा रकम हालिदिने गर्छन् । तर पछि आफू ठगीमा परेको थाहा पाएपछि त्यस्ता व्यक्तिले प्रहरीसमक्ष उजुरी गर्ने गरेका छन् ।

पीडितलाई पठाएको सूचनामा भएको मोबाइल नम्बरका आधारमा प्रहरीले खोजी प्रक्रिया शुरु गर्छ । विशेष गरेर ठगीमा धनी व्यक्ति नै संलग्न हुने गरेको तथ्यांक प्रहरी परिसरमा छ ।

परिसरको तथ्यांकअनुसार अनलाइन ठगी १० प्रतिशत, साधारण तथा वैदेशिक ठगी २० प्रतिशत र बैंकिङ ठगी ७० प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement