काठमाडौंः भारतको सिलिगुडीमा जारी चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल प्रवेश गर्ने लगभग पक्का भएको छ । कञ्चनजंघा रंगशालामा बुधबार राति भएको खेलमा नेपालले माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलको लागि बाटो बनाएको हो ।
श्रीलंकासँग शुक्रबार हुने समूहचरणको अन्तिम खेलमा ठूलो अन्तरले पराजित भएमा मात्रै नेपालको सेमिफाइनल यात्रा समाप्त हुनेछ । नेपालको यो जित अहिलेसम्मकै फराकिलो अन्तरको हो । यसअघिको भेटमा ६-०, ५-० र २-० ले नेपालले खेल जितेको थियो ।
आजै भएको पहिलो खेलमा श्रीलंकाले भुटानलाई २-० ले हराए पनि माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको हो । यस खेलमा नेपालको तर्फबाट सावित्री भण्डारीले ५ गोल गरेकी थिइन् भने मन्जलीकुमारी योन्जन, सपना लामा, हिराकुमारी भुजेल र निर्मला विकेले एक रएक गोल गरे । समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ८–० ले हराएको थियो ।