‘सडक बालबालिका विश्वकप’मा सहभागी हुने खेलाडीलाई जर्सी प्रदान

Advertisement

काठमाडौंः रुसको राजधानी मस्कोमा आयोजना हुने ‘सडक तथा असहाय बालबालिका विश्वकप फुटबल प्रतियोगिता’मा नेपालको सहभागीता गर्ने पक्का भएको छ । सेल्टर आश्रय नेपालको सहयोगमा मे १० देखि १८ सम्म मस्कोमा चल्ने उक्त प्रतियोगितामा नेपाली सडक बालबालिकाहरुको सहभागीता हुने भएको हो ।

‘स्ट्रिट चाइल्ड वल्ड’ ले आयोजना गर्ने विश्वकपमा विश्वभरका २२ देशका २४ टोलीको सहभागीता रहने छ । नेपाली टोलीको विश्वकपमा सहभागीता जनाउनलाई वेस्टार प्रपटीज, शंकर ग्रुप, कोरिया साउथ इष्ट पावर कम्पनीले सहयोग गरेका छन् ।

यस्तै नेपाली वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी, कोकाकोला, गोल्डस्टार सुज, एनएममी बैंक, सनराइज बैंक र नेपाल एसबीआई बैंक लगायतका संघ संस्थाले सहयोग गरेका छन् । सेल्टरले मंगलवार विश्वकममा सहभागी हुने नेपाली छात्रा र छात्रको टोलीलाई जर्सी प्रदान गरेको छ ।

Advertisement

Advertisement

Advertisement