दिल्लीलाई १३ रनले पराजित गर्दै चेन्नाई शीर्ष स्थानमा

Advertisement

काठमाडौंः इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गरेको छ । सुरुवाती ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनाएको योगफल तयार पार्यो ।

२१२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १९८ रन मात्र बनायो । चेन्नाईका लागि शेन वाटसन ७८ रन बनाए । उनलाई दिल्लीका अमित मिश्राले क्याच आउट गराए ।

चेन्नाईका कप्तान महेन्द्र सिंह धोनीले ५१ रन बनाउँदै उनले आईपीएलमा सबैभन्दा धेरै रन बनाउने कप्तानको रेकर्ड राखे । अम्बाति रायडुले ४१ रन बनाए भने फाप डु प्लेसिसले ३३ रनको योगदान दिए । दिल्लीका अमित मिश्रा, विजय शंकर र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए ।

जवाफी व्याटिङ थालेको दिल्लीका रिसभ पन्तले ७९ र विजय शंकरले नटआउट ५४ रन बनाए । तर,सुरुवाती ब्याटस्म्यान चल्न नसक्दा हार ब्यहोर्न पर्यो । बलिङमा चेन्नाइका केएम आसिफले सर्वाधिक २ विकेट लिए ।

जितसँगै चेन्नाई अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ । आठ खेलमा छ खेल जित्दै उसले १२ अंक बटुलेको छ । दिल्ली भने अंक तालिकाको सबैभन्दा पुछारमा छ ।

Advertisement

Advertisement

Advertisement