एजेन्सीः स्पेनको दुई जाएन्टबीचको स्पेनीस ला लिगा फुटबल प्रतियोगिताको ‘एल क्लासिको’मा आज राति बार्सिलोना र रियल मड्रिड क्लब भिड्दै छन् । सिजनको अन्तिम खेलमा दुई टोलीहरु एक आपसमा भिड्न लागेका हुन् ।
खेलमा बार्सिलोनालाई पराजित गर्दै सिजनमा पहिलो हार चखाउने अवसर रियलसँग छ । तर, उक्त खेलले लिगमा खासै फरक पार्दैन । बार्सिलोनाले ला लिगाको उपाधि उचालिसकेको छ भने रियल लिगको तेस्रो स्थानमा रहने पक्का भएको छ ।
खेलमा जितका लागि दुवै टोलीले हरसम्भव प्रयास गर्नेछन् । बार्सिलोना आफ्नो इतिहासँमा पहिलो पटक अपराजित रहँदै लिगको उपाधि जित्ने तयारीाम रहेको छ । उसको लक्ष्यमा मुख्य बाधक रियल मड्रिड हुनेछ ।
सिजनमा दुई टोलीबीच भएको यसअघिका चार खेलमा दुवैको नाममा दुई दुई खेल छन् । खेल नेपाली समयानुसार आज राती साढे १० बजे सुरु हुनेछ ।