काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट लिग अन्तर्गतको खेलमा चेन्नाई सुपर किंग्सलाई राजस्थान रोयलले ४ विकेटमा पराजित गरेको छ । आइपीएलको ४३औं म्याचमा राजस्थानका जोस बट्लरले उत्कृष्ट प्रदर्शन गरेपछि जित हात पारेको हो ।
खेलमा एक सय ७७ रनको लक्ष्य पछ्याएको राजस्थानले अन्तिम ओभरको अन्तिम बलमा छ विकेटको क्षतीमा भेट्टायो । खेलमा राजस्थानका बट्लरले ११ चौका र दुई छक्काको मद्दचमा ९५ रन बनाए ।
पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १७६ रन बनाएको थियो । उक्त योगफल तयार पार्नको लागि चेन्नाइका सुरेश रैनाले ५२ रन बनाएका थिए ।
चेन्नाइका लागि शेन वाटसनले ३९ रन, कप्तान महेन्द्रसिंह धोनीले ३३ र साम विलिङ्सनले २७ रन जोडे । चेन्नाइका जोफ्रा आर्चरले दुई विकेट लिए ।