काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व खेलाडी मणी विक्रम शाहको निधन भएको छ । ५१ वर्षीय शाहको उपचारको क्रममा नर्भिक अस्पतालमा पित्तथैली र कलेजोको समस्यामा उपचार गराउने क्रममा आइतवार निधन भएको हो ।
उनको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । शाहको निधनप्रती दुख व्यक्त गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रदाञ्जलीका लागि मंगलबार विहान १० बजे एन्फा कम्प्लेक्समा राखिएको थियो । पुर्व खेलाडी शाहका श्रीमती र एक छोरी छिन् ।
उनले सन् १९८५ देखि १९९८ सम्म राष्ट्रिय टोलीबाट मिडफिल्डमा खेलेको थिए । शाहले १७ वर्षको उमेरमा सनव् १९८५ मा नेपाली टोलीबाट डेब्यु गरेका थिए । उनले नेपाली टोलीबाट ४८ खेल खेल्दै छ गोल गरेका छन् ।