आइपीएलको तेस्रो खेलमा सन्दीपको तेस्रो विकेट, मुम्बईका सुर्यकुमारलाई बनाए सिकार

Advertisement

काठमाडौंः आइपीएलमा सन्दीप लामिछानेले आफ्नो तेस्रो विकेट लिने क्रममा मुम्बईका सुर्यकुमार यादवलाई सिकार बनाएका छन् । उनले आइपीएलमा आफ्नो तेस्रो खेलमा मुम्बई इन्डियनविरुद्ध दिल्ली डेयरडेभिल्सका लागि खेल्ने क्रममा टोलीको पहिलो ओभरमा विकेट लिएका हुन् ।

टोलीका लागि पहिलो ओभर बलिङ गरेका उनले एक ओभरमा १३ रन खर्चिए । उनले एक छक्का र एक चौका खाएका हुन् । उक्त चक्का र चौकाको बदला लिने क्रममा सन्दीपले सुर्यकुमारलाई आउट गरेका हुन् ।

विगतका दुई खेलमा जस्तै सन्दीपले उत्कृष्ट सुरुवात भने गर्न सकेनन् । पहिलो ओभर लिएर आएका उनले सुरुवातमै चौका र छक्काको सामना गर्न पर्यो । तर, दिल्लीलाई पहिलो ओभरमानै सफलता दिलाएका छन् ।

Advertisement

Advertisement

Advertisement