आइपीएलमा संदीपले मच्चाए हलचल, संदीपको तीन विकेटसहित दिल्ली फेरि विजयी

Advertisement

नयाँ दिल्लीः जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले सानदार प्रदर्शन गर्दै प्रतियोगितामै हलचल मच्चाएका छन् ।

आइतबार नयाँ दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा सम्पन्न दिल्ली डेयरडेभिल्स र मुम्बई इण्डियन्सको खेलमा दिल्लीका तर्फबाट मुम्बईका ३ विकेट झारे शानदान प्रदर्शन गरेका हुन्।

पहिलो ओभरको चौथो बलमा मुम्बईका सूर्यकुमार यादवलाई आउट गरेका सन्दिपले १० औं ओभरमा किरोन पोलार्डलाई र क्रुनाल पाण्ड्यालाई आउट गरे।

यसअघि सन्दिपले विराट कोहलीको रोयल च्यालेञ्जर्स बेंग्लोर र महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सविरुद्धको खेलमा समान १–१ विकेट लिएकोमा आज एकै दिन तीन विकेट लिएर सबैलाई छक पारेका छन् ।

दिल्ली डेयरडेभिल्सका लागि जम्मा २० लाख भारुमा आबद्ध भएका सन्दिपले दिल्लीलाई सोचेभन्दा राम्रो प्रस्तुती दिएका छन् । यद्यपि यो सिजनको आइपीएलमा संदीपले यही तीन खेलमा चित्त बुझाउन बाध्य भएका छन । नकआउनअघि कुनै पनि खेलमा दिल्लीले उनलाई मैदानमा उत्रार्ने आँट गरेको थिएन ।

Advertisement

Advertisement

Advertisement