नटेनिसः नुवेन र शिभाली च्याम्पियन

Advertisement

काठमाडौंः नुवेन लिम्बू र शिभाली गुरुङले प्रथम जुनियर खुला लनटेनिस प्रतियोगिताअन्र्गत आठ वर्षमुनि ९यु–८० एकलतर्फको विधामा उपाधि हात पारेका छन् ।

आइएमइ फाउण्डेशनद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत आज भएको छात्रतर्फको फाइनल खेलमा नुवेनले अशब हाडालाई १०–७ र १०–४ ले लगातार पराजित गर्दै उपाधिमाथि कब्जा जमाएका हुन् । यता छात्रातर्फको उपाधि भिडन्तमा शिभालीले साम्राज्ञी लामालाई १०–७ र ११–९ ले लगातार पराजित गर्दै उपाधि जितेकी हुन् ।

त्यस्तै प्रतियोगिताको नौ वर्षमुनि ९यु–९० छात्रको एकलतर्फको विधामा निशाद जोशी पहिलो भए । उनले फाइनलमा बोरिस अधिकारीको चुनौती १–४, ४–१ र १०–८ ले समाप्त पारे । सोही विधाको छात्रातर्फ सैबी ढकालले नाला मास्केलाई ४–२, ०–४ र १०–६ तथा समृद्धि महर्जनले प्रतिष्ठा लामालाई ४–२ र ४–२ ले पाखा लगाउँदै फाइनल यात्रा तय गरेका छन् ।

चौध वर्षमुनि ९यु–१४० छात्रा एकलमा सलोनी तामाङले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१, सर्भानी श्रेष्ठले टासी गुरुङलाई ६–० र ६–०, इशाश्री शाहले जेनी महर्जनलाई ६–० र ६–० तथा रायना शाहले सिरिष्ता राईलाई ६–२ र ६–१ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

Advertisement

Advertisement

Advertisement