एजेन्सीः स्पेनीस क्लब रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि लगातार तेस्रो पटक जितेको छ । गए राति भएको खेलमा मड्रिडले लिभरपुललाई ३-१ ले हराउँदै प्रतियोगिताको १३औं उपाधि उचालेको हो ।
मड्रिडले पछिल्लो पाँच सिजनमा चौथो उपाधि जित्दै कीर्तिमान कायम गरेको छ । स्पेनीस जाएन्टलाई उपाधि जिताउन अतिरिक्त समयमा मैदान प्रवेश गरेका ग्येराथ बेलले उत्कृष्ट प्रदर्शन गरे ।
लिभरपुलका उत्कृष्ट खेलाडी मोहमद सलाहले चोटका कारण ३०औं मिनेटमा मैदान छाडेपछि टोली केही दबावमा देखियो । खेलको ५१औं मिनेटमा करिम बेन्जिमाले मड्रिडलाई सुरुवाती अग्रता दिलाए । त्यसको चार मिनेटपछि लिभरपुलका मानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको ६४औं मिनेटमा वेलको गोलसँगै रियलले २-१ को अग्रता लियो । यस्तै ८३औं मिनेटमा वेलले दोस्रो गोल गर्दै रियललाई ३-१ को उपाधि दिलाए ।