काठमाडौंः इंग्ल्याण्डको विश्व चर्चित मैदान लर्ड्समा आज (विहीवार) हुने वेष्ट इन्डिजविरुद्ध विश्व ११ को मैत्रीपुर्ण टी २० क्रिकेट प्रतियोगिता हुँदैछ । विश्व च्याम्पियन टोली वेष्ट इन्डिजका खेलाडी र विश्वका उत्कृष्ट ११ जना खेलाडीबीचको भिड्न्त बेलायतको लर्ड्समा बेलुका १०ः ४५ बजे हुनेछ ।
पाकिस्तानी पूर्व क्रिकेट खेलाडी शाहिद अफ्रिदीको नेतृत्वमा रहेको विश्व ११ मैदान उत्रने छ भने कार्लोस ब्राथवेटको नेतृत्वमा वेष्ट इन्डिज मैदान उत्रने छ । अफ्रिदीले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट संयास लिएका थिए ।
वेष्ट इन्डिजमा आएको आँधीका कारण क्षती भएको वेष्ट इन्डिजका क्रिकेट मैदानका ेपुनः निर्माणलाई सहयोग जुटाउने लक्ष्यका साथ आइसीसीले प्रतियोगिता गर्न लागेको हो ।
आइसीसीको टोली विश्व ११ मा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले समेत मौका पाएका छन् । उनले आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्व ११ मा खेल्ने मौका दिएको हो ।
विश्व ११ बाट मोर्गन, अफ्रिदी, शोएब मलिक, थिसारा परेर, राशिद खान जस्ता विश्वस्तरीय खेलाडीले खेल्दै छन् ।