नेपाल एकदिवसीय क्रिकेट टिमको वरियतामा समावेश

Advertisement

काठमाडौंः नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको वरियतामा समावेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नेपालसँगै स्कटल्याण्ड, नेदरल्याण्डस् र सयंयक्त अरब इमिरेट्सलाई एकदिवसीय टिमको वरियतामा समावेश गरेको हो ।

आईसीसीले जुन १ (आज) शुक्रबारदेखि लागु हुने गरि नेपालसहित अन्य चार टोलीलाई एकदिवसीय वरियताको मान्यता दिएको हो । नयाँ चार देशले वरियता प्राप्त गरेपछि अन्य १२ टिमको पनि वरियतालाई विस्तार गरिएको छ ।

एकदिवसीय वरियतामा समेटिएपछि नेपालसहित मान्यता चार टोलीले खेल्ने खेलहरु वरियता निर्धारण गर्न मान्य हुने खेल बनाइने छ । नेदरल्याण्डस्ले गत वर्ष भएको आईसीसी विश्व क्रिकेट लिगको उपाधि जितेर एकदिवसीय मान्यता पाएको थियो । नेपाल, स्कटल्याण्ड र युएईले भने क्रिकेट विश्वकप छनौट खेलको शीर्ष तीनमा रहँदै अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएका थिए ।

वरियतामा स्कटल्याण्ड १३औं स्थानमा, युएई १४औं स्थानमा, नेदरल्याण्डस् नेदरल्याण्डस् उनीहरुभन्दा माथि रहेको छ । नेपाललाई भने आइसीसीले रेटिङको लागि कुनै स्थान तोकिएको छैन ।

Advertisement

Advertisement

Advertisement