एजेन्सी: दुई सुन्य गोल अन्तरले पछि परेको नतिजा उल्टाउँदै रियल मड्रिडले भिल्लारियललाई अन्तिम समयमा पराजित गरेको छ।
गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिडले भिल्लारियललाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
खेलमा सुरुवाती अग्रता भिल्लारियलले लिएको थियो। भिल्लारियलका लागि मेनुएल मुनोजले खेलको ५० औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। यस्तै खेलको ५६ औं मिनेटमा केड्रिक बाकाम्बुले गोल गरेपछि भिल्लारियलले २–० को अग्रता लियो।
तर, ६४ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै अग्रता २–१ मा झारे। खेलको ७४ औं मिनेटमा रियल मड्रिडले पेनाल्टीको अवसर पायो र त्यसमा रोनाल्डो चुकेनन्। रियल मड्रिडका लागि खेलको ८३ औं मिनेटमा अल्वारो मोराटाले गोल गर्दै ३–२ को जित दिलाए।
जितसँगै रियल मड्रिड २३ खेलबाट ५५ अंकका साथ शीर्ष स्थानमा यथावत छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ५४ अंक छ।