दशरथ रगंशाला फागुनभित्र बनिसक्ने

Advertisement

काठमाडौं मुलुककै ठूलो र अन्तर्राष्ट्रियस्तरको खेल मैदान ‘दशरथ रंगशाला’ को आउँदो फागुनभित्र पुनःनिर्माण सक्ने सरकारको योजना छ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त भएको सो रंगशाला पुनःनिर्माण हुन नसकेका कारण तीन वर्षयता कुनै पनि खेलकूद गतिविधि हुन पाएको छैन । विस २०१३ सालमा दशरथ रंगशाला निर्माण भएको हो ।

रंगशाला नबन्दा नजिकिँदै गरेको १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० र एशियन खेलको तयारीका लागि खेलाडीलाई अभ्यास गर्न पर्याप्त खेल मैदान छैन । त्यसैले जतिसक्दो चाँडो दशरथ रंगशाला पुनःनिर्माण गरिसक्नुपर्ने बाध्यता छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार सो रंगशालाको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको र आगामी फागुन महिनाभित्र निर्माण कार्य सम्पन्न हुने बताए ।

“नेपालमै हुने तेर्हौं दक्षिण एसियाली खेलकूद प्रतियोगिता र उद्घाटन सत्र सोही मैदानमा हुने भएकाले हरहालतमा हामी रंगशालाको पुनःनिर्माण निर्धारित समयमै सक्ने पक्षमा छौं,” उनले भने ।

सन् २०१९ को मार्चमा दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजना गर्ने जिम्मा नेपालले पाएको छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप० अन्र्तगत पूर्वाधार पुनःनिर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायले रंगशालाको पुनःनिर्माण कार्य अघि बढाउन समयमै बजेट नआएको गुनासो गरे

अर्थमन्त्रालयले बजेट निकासा नगर्दा काम गर्ने जिम्मेवारी पाएका निर्माण व्यवसायीलाई समेत समयमै पैसा उपलब्ध गराउन नसकेको शाखाको भनाइ छ । सबै पक्षको सहयोग भएमा आगामी सन् २०१९ फेबु्रअरीभित्रै भिआइपी प्यारापिटसहित सम्पूर्ण प्यारापिटमा कुर्सी जडान गरी निर्माण कार्य सम्पन्न गरिसक्ने राखेपको दाबी छ ।

“हामी छिटो निर्माण कार्य सक्ने पक्षमा छौं, बजेट बेलैमा नआउँदा कसरी हुन्छ त समयमै काम रु” – निर्माण शाखा प्रमुख उपाध्याय प्रश्न गर्छन । अहिले पुनःनिर्माण गर्न लागिएको रंगशाला साधारण र भिआइपी प्यारापिट गरी १५ हजार दर्शक अट्ने क्षमताको हुनेछ ।

पहिलेको तुलनामा अहिले केही कम क्षमताको बन्न लागेको हो ।
बजेटको विषयमा प्रश्न गर्दा खेलकूद मन्त्री सुनारले केही समयभित्र अर्थमन्त्रालयबाट बजेट निकासा हुने जानकारी दिए । खेलकूद मन्त्रालयले रंगशाला पुनःनिर्माण गर्न रु ५५ करोड ४२ लाख छुट्याएको छ । यसअन्तर्गत रंगशालासहित पौडी पोखरी र राखेपको एउटा भवन पनि बन्नेछ ।

रंगशाला बनाउन भ्याट बाहेक रु १६ करोड ५० लाख खर्च लाग्ने बताइएको छ । भत्काउन र निर्माण शुरु गर्न अहिलेसम्म रु ५ करोड खर्च भइसकेको छ । रंगशाला बनाउन अझै साढे ११ करोड रुपैयाँ आवश्यक छ ।

क्षतिग्रस्त रगंशालाको ‘फ्लड लाइट’, ‘स्कोर कार्ड’ र ‘सिन्थेटिक ट्र्याक’ बनाउन चीनले सहयोग गर्नेछ । यस अघि पनि ती संरचना चीनले बनाइदिएको हो ।

रंगशाला निर्माणको जिम्मेवारी लिनुभएका निर्माण व्यवसायी सनकसिह राईले भत्काउने काम सकिएको र बनाउने काम एक महिना अघिदेखि शुरु भएको बताए ।

ढलान र फलामलगायतको काम करीब २० प्रतिशत सकिँदासम्म पैसा नपाएको गुनासो निर्माण व्यवसायीको छ । “समयमै पैसा उपलब्ध गराए पो काम तीव्र गतिमा बढ्छ, नभए त काम गर्न नै गाह्रो हुन्छ,” निर्माण व्यवसायी राईले भने । समयमै भुक्तानी पाए सरकारको लक्ष्यअनुरुप निर्माण कार्य सम्पन्न गर्न सकिने उनको दावी छ ।

हाल निर्माणाधीन यस रगंशाला क्षेत्रफल १३६ रोपनी जमीनमा फैलिएको छ ।

Advertisement

Advertisement

Advertisement