धनगढी प्रिमियर लिग क्रिकेट आजबाट, पहिलो खेल नेपाल ११ र धनगढी ११ बीच

Advertisement

काठमाडौँ: भारतमा जारी इन्डियन प्रिमियर लीग ट्वान्टी-ट्वान्टी क्रिकेटको जस्तो झल्को दिने खालको नभएपनि, आइतबारदेखि सुदुरपश्चिमको धनगढीमा 'धनगडी प्रिमियर लिग क्रिकेट' सुरु हुँदैछ ।

धनगढी क्रिकेट एकेडेमीले नेपालमै पहिलो पटक खेलाडी अक्सन मार्फत आयोजना गर्न लागेको यस खेल नेपाली राष्ट्रिय तथा क्षेत्रीय स्तरमा खेलिरहेका क्रिकेटरहरुको लागि यो एक बहुप्रतीक्षित क्रिकेट लिग मानिएको छ ।

Advertisement

धनगढीस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा च्यारिटी खेलसँगै प्रतियोगिताको उदघाटन हुनेछ ।

आज नेपाल ११ र धनगढी ११ बीच च्यारिटी म्याच हुनेछ । जसमा नेपाल ११ बाट राष्ट्रिय टोलीका खेलाडीहरु सहभागी हुनेछन् भने धनगढी ११ बाट सुदूरपश्चिमका स्थानीय खेलाडीहरु समावेश गरिएका छन् ।

प्रतियोगिताका आधिकारिक खेलहरु भने भोलिदेखि सुरु हुनेछ । डिपिएलमा देशभरका ६ शहरका टोलीहरुको सहभागिता छ ।

प्रतियोगिताको पहिलो आधिकारिक खेल भोलि सिआइवी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच हुनेछ ।

२०७४ बैशाख १० गतेसम्म चल्ने प्रतियोगितामा जम्मा १९ खेल हुनेछन् । लिग चरणमा सहभागी ६ टोलीहरुले एकले अर्कासँग खेल्नेछन् । लिगचरणमा १५ खेल हुनेछ ।

Advertisement

Advertisement