पोखरा प्रिमियर लिगका लागि खेलाडी दर्ता सुरु, प्रत्येक क्लबले अक्सनबाट १० खेलाडी लिने

Advertisement

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको लागि खेलाडी दर्ता बुधबारदेखि खुल्ला गरिएको ।

क्विन्स इभेन्ट्स प्रा।लिले आज प्रेस विज्ञप्ति जारी गर्दै असोज ९ गतेसम्मको लागि खेलाडी दर्ता खुला गरिएको जानकारी दिएको हो । पीपीएलमा खेल्न इच्छुक खेलाडीले पीपीएलको आधिकारिक वेब पोर्टल लगइन गरेर दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

खेलाडी दर्ता गरेको शुल्क आयोजकले १ हजार तोकेको छ । दर्ता भएका इच्छुक खेलाडीमध्यबाट सहभागी क्लबहरुले अक्सनको माध्यमबार्ट आमm्नो टिममा आवद्ध गर्नेछन् ।

पीपीएलमा सहभागी हुने खेलाडीलाई तीन श्रेणीमा छुट्याएर पारिश्रमिकको न्यूनतम र अधिकतम सीमा पनि तोकिएको छ । पीपीएलमा क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीका खेलाडाीहरु सहभागी हुने छन् ।

क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । त्यस्तै, क्याप्ड एज लेभलमा नेपालको उमेर समूह यु—१५, यु—१७, यु—१९, यु—२१ र यु—२३ टिममा खेलेका खेलाडीलाई राखिएको छ । त्यस्तै, अनक्याप्ड श्रेणीमा नेपालको सिनियर टिम र उमेरसमूहबाट नखेलेका खेलाडीलाई राखिएको छ ।

क्याप्ड सिनियर खेलाडीको न्युनतम पारिश्रमिक ५० हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रहेको छ । त्यस्तै, क्याप्ड एज लेभलमा पर्ने खेलाडीको न्युनतम पारिश्रमिक ५० हजारदेखि अधिकतम १ लाख ५० हजार तोकिएको छ । त्यस्तै, अनक्याप्ड मा पर्ने खेलाडीको न्युनतम पारिश्रमिक ३० हजारदेखि १ लाखसम्म राखिएको छ ।

पीपीएलका लागि एउटा टिमले न्युनतम १५ देखि अधिकतम १८ जना खेलाडी राख्न पाउने प्रावधान गरेको छ । प्रत्येक क्लबले अक्सनबाट १० खेलाडी आफ्नो टिममा आबद्ध गर्नु पर्ने छ ।

Advertisement

Advertisement

Advertisement