साफ यू–१५ बाट नेपाल बाहिरियो, पाकिस्तान र बंगलादेशबीच उपाधिका लागि प्रतिस्पधा हुने

Advertisement

काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको सेमिफाईनल खेलमा पाकिस्तानसँग ४–० गोल अन्तरले हारेपछि नेपाल बाहिरिएको हो ।

पहिलो हाफमा दुबै टिमले गोल रहित बराबरी खेलेकोमा दोस्रो हाफमा नेपालका डिफेन्डर रोशन थापाले आत्मघाती गोल गरेपछि पाकिस्तानले अग्रता लिएको थियो । ४–० गोल अन्तरले जित्नका लागि पाकिस्तानका मोहिब उल्लाहले २ र अहमदले १ गोल गरे ।

यस अघि बिहीबार नै भएको अर्को सेमिफाइनल खेलमा बंगलादेश विजयी भएको छ । बंगलादेशले भारतलाई ‘पेनाल्टि सुट आउट’मा हराएको हो । आगामी शनिबार पाकिस्तान र बंगलादेशबीच साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा हुने छ ।

Advertisement

Advertisement

Advertisement