काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनीबार दुईवटा खेल हुँदैछन् ।
लिगको पाचौं चरणअन्तर्गत शनिबार हुने पहिलो खेलमा च्यासल युथ क्लब विरुद्ध सङ्कटा युथ क्लब र मनाङ– मस्र्याङ्दी क्लब विरुद्ध सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको हो ।
दुवै खेल हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । च्यासल चार खेलमा एक जित, दुई हार र एक बराबरीसहित चार अङ्क जोडेर तालिकाको आठौं स्थानमा छ । सङ्कटा नौ अङ्कसहित छैटौं स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा मनाङ र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा शत प्रतिशत जित निकाल्न सफल अङ्क तालिकाको पहिलो स्थानमा रहेको मनाङ र विदेशी खेलाडीको प्रदर्शनमा राम्रो प्रदर्शन गरिरहेको सरस्वतीबीच भिडन्त हुनेछ । सरस्वती क्लब सातौं स्थानमा छ ।