टि–२० विश्वकप २०२० को तालिका सार्वजनिक, अक्टोबर १८ देखि सुरु

Advertisement

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले २०२० टि–२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको तालिका अनुसार विश्वकपका खेल सन् २०२० को अक्टोबर १८ देखि अष्ट्रेलियामा सुरु हुने भएको छ ।

विश्वकपमा कूल १६ टिम खेल्न पाउनेछन् । तीमध्ये ८ टिम पाकिस्तान, भारत, इङल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तान सिधै सुपर १२ मा छनोट भइसकेका छन् यसबाहेक बंगलादेश र श्रीलंका विश्वकपको समूह चरणमा छनोट भएका छन् । बाँकी रहेका ६ टिम छनोट खेलेर विश्वकपको समूह चरणसम्म पुग्नेछन् ।

विश्वकप छनोट खेल्नका लागि स्कटल्याण्ड, जिम्बाब्बे, नेदरल्याण्ड्स, हङकङ, ओमान र आयरल्याण्ड छनोट भइसकेका छन् । विश्वकप छनोटमा कूल १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । यीमध्ये ६ टिम स्कटल्याण्ड, जिम्बाब्बे, नेदरल्याण्ड्स, हङकङ, ओमान र आयरल्याण्ड आइसीसी टि–२० आइ च्याम्पियनशिपबाट छनोट भइसकेको अवस्थामा बाँकी ८ टिममध्येमा एक टिम बन्दै नेपाल विश्वकप छनोटसम्म पुग्नुपर्नेछ ।
विश्वकप छनोटमा आइसीसी टि–२० आइ च्याम्पियनशिपबाट ६ टिमसँगै एशियाबाट २, अफ्रिकाबाट २, अमेरिकाबाट २, इष्ट एशिया प्यासिफिकबाट १ र युरोपबाट एक टिमले स्थान पाउनेछन् । एशियाबाट छनोट हुने २ टिममध्ये १ बन्नको लागि नेपालले आगामी क्षेत्रीय प्रतियोगितामा कम्तीमा दोस्रो हुनुपर्नेछ । यो प्रतियोगिताको मिति तोकिइसकेको छैन ।

यस प्रतियोगितामा नेपालसँगै युएइ, सिंगापुर, कतार, मलेसिया र कुवेत छन् । विश्वकप छनोटमा कूल १४ टिम हुनेछन् । यीमध्ये ८ टिम बाहिरिनेछन् र ६ टिमले मात्र विश्वकपको समूह चरणमा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा शीर्ष ६ मा रहन सकेमा नेपालले विश्वकपको समूह चरणमा प्रवेश पाउनेछ । यदि विश्वकपको समूह चरणमा प्रवेश पाएमा नेपाले बंगलादेश र श्रीलंका र बाँकी टिमसँग खेल्नुपर्नेछ ।

विश्वकपको समूह चरण पार गर्ने ४ टिमले त्यसपछि सिधै सुपर १२ मा पुगेका पाकिस्तान, भारत, इङल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तानसँग खेल्न पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement