विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगितामा तुलसाको राष्ट्रिय कीर्तिमान

Advertisement

उहान, चीन । चीनको उहानमा जारी सातौं विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

प्रतियोगितामा सेनाकी खत्रीले मंगलबार ट्रयाक एण्ड फिल्डअन्तर्गत सञ्चालन भएको महिलातर्फको चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी हुन् । एक्काइस देशका खेलाडी सहभागी उक्त दौड खत्रीले ५९ दशमलव ५७ सकेण्डमा पूरा गरेकी हुन् । यसअघि उक्त दौडको कीर्तिमान प्रमिला रिजालको नाममा थियो । रिजालले सन् २०१० मा उक्त दौड ५९ दशमलव ९० सकेण्डमा पूरा गरेकी थिइन् ।

मंगलबार नै सञ्चालन भएको महिलातर्फको एक सय मिटर दौड नेपाली सेनाकी सरस्वती चौधरीले १२ दशमलव ६६ सकेण्डमा पूरा गरी व्यक्तिगत रेकर्डमा सुधार गरेकी छन् । उक्त दौडमा २६ देशका खेलाडी सहभागी थिए । आज प्रतियोगिताअन्तर्गत बीच भलिबल, आर्चरी र महिला बक्सिङका खेल सम्पन्न भएका छन् ।

Advertisement

Advertisement

Advertisement