डेनमार्कलाई हराउँदै इंग्ल्याण्ड पहिलो पटक युरो कपको फाइनलमा, इटलीसँग भिडन्त हुने

Advertisement

काठमाडौं । डेनमार्कलाई हराउँदै इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब इंग्ल्याण्डको भिडन्त इटलीसँग हुनेछ । 

युरोकप २०२० अन्तर्गत गएराति भएको दोस्रो सेमिफाइनलमा अतिरिक्त समयमा डेनमार्कलाई २–१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा पुगेको हो।

Advertisement

यसअघि सन् १९९६ मा विश्वकपको फाइनलमा पुगेर उपाधि हात पारेको इंग्ल्याण्डको लागि यो दोस्रो ठूलो उपलब्धी हो । फाइनलका लागि आइतबार खेल हुँदैछ । 

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय निर्णायक हुन पुग्यो । अतिरिक्त समयमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले १०४औं मिनेटमा विजयी गोल गरे ।

खेलको ३०औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए पनि ३९औं मिनेटमा इंग्ल्याण्डले आत्मघाती गोल मद्दतमा खेल बराबरी गरेको थियो। 

Advertisement

Advertisement