बार्सिलोना छोड्दा आँशु थाम्न सकेनन् मेस्सीले

Advertisement

एजेन्सी । लियोनल मेस्सीले आइतबार बार्सिलोना फूटबल क्लब छाड्दा भावुक भएका छन् । लामो समयदेखि खेलिरहेको क्लबलाई उनले पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा छाडेका हुन् । 

क्लब छाड्ने बेला मेस्सीले आफ्नो आँशु थाम्न सकेनन् । उनी रोएको तस्वीर आज सामाजिक सञ्जालमा भाइरल भएको छ । बीबीसीका अनुसार मेस्सी भन्छन्, ‘मैले यो क्लब छोड्नु पर्दा मेरो रगत चिसिएको छ । यो मेरो दोस्रो घर थियो । पछिल्लो बर्ष मैलै क्लब छाड्न पहल गरे पनि यस वर्ष छाड्ने इच्छा थिएन् । यो क्लबसँग मेरो सम्बन्ध अब सकियो । अब नयाँ कहानीको सुरुवात हुन्छ ।’

Advertisement

गएको जुन महिनामा मेस्सी र बार्सिलोनासँग गरेको अन्तिम सम्झौताको म्याद सकिएको थियो । छ पटक बालोन डीओर जितेका उनले अब नयाँ क्लब खोज्नुपर्नेछ । छोड्ने क्रममा मेस्सीले यस परिस्थितिले आफूलाई स्तब्ध बनाएको बताए । 

Advertisement

Advertisement