काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र पिएनजीबीच हुने एक दिवसीय अन्तर्राष्ट्रिय सेरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।
डिश मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशन सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सेरिजका दुई म्याच यही भदौ २२ र २५ गते हुनेछ ।
सेरिजको एक खेल डे म्याच हुने छ भने दोस्रो खेल नेपालको फष्ट डे÷नाइट ओडीआई म्याच हुनेछ । यो सम्झौताअन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्शन स्पोर्ट एचडी वान र डिशहोम गो ओटीटी एपमार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।