काठमाडौं । प्रशान्त महासागरमा विशाल ज्वालामुखी विस्फोट हुँदा सुनामी उत्पन्न भएको छ । सुनामीका कारण टोङ्गामा ८० हजार मानिस प्रभावित भएको अनुमान गरिएको छ।
सुनामीका कारण टोङ्गाका धेरै टापुमा सञ्चार सम्पर्क विच्छेद हुनाले त्यहाँ बस्नेका आफन्तहरु चिन्तित भएका छन् । विस्फोटनको आवाज सयौँ किलोमिटर टाढा रहेको अमेरिकासम्म सुनिएको जनाइएको छ । यसले तटीय क्षेत्रमा छाल पनि उठेको छ ।
शनिवार टोङ्गाको राजधानी नुकुुआलोफाबाट झण्डै ६५ किलोमिटर उत्तरतर्फ पानीमुनि विशाल ज्वालामुखी विस्फोटन भएको थियो जसले टोङ्गासम्मै एक मिटरभन्दा अग्ला छालहरू निम्त्याएको बीबीसीले जनाएको छ ।
सुनामीका कारण अहिलेसम्म कुनै मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको विवरण प्राप्त भएका छन् । आकाशमा रहेको धुवाँको मुस्लोले गर्दा सहायता संस्थाहरूका स्याटलाइट फोनले समेत राम्ररी काम नगरिरहेको बताइएको छ ।
टोङ्गाको जनसङ्ख्या झन्डै एक लाख छ जहाँ १७० वटा टापुहरू सात लाख वर्ग किलोमिटरको क्षेत्रभित्र फैलिएका छन्।