युरोपमा लोकप्रिय स्कि खेल हिमाली राज्य नेपालमा पनि संभावना

Advertisement

काठमाडौं । हिउँ नै हिउँमा खेलिने स्की प्रतियोगिता नेपालमा पनि हुन्छ भन्दा हामीलाई नौलो हुन सक्छ । किन भने स्किका लागि आवश्यक पर्ने स्थल सहजै भेटाउन नेपालको भूगोलमा कठिन छ । 

मुस्ताङमा सम्पन्न स्कीको चौथो संस्करणको राष्ट्रिय स्की च्याम्पियनसिप सम्पन्न हुँदा नेपालमा नि स्कि सम्भावना छ भन्ने सिद्ध भएको छ । सामान्य वातावरणभन्दा अलि फरक वातावरणमा सम्हाहित हुँदै खेल्नुपर्ने स्कि खेल नेपालमा पनि अन्तर्राष्ट्रिय स्थलमा जस्तै आयोजना हुन्छ भन्ने उदाहरण बनेको छ । 

Advertisement

स्कि खेल विशेष गरी युरोपमा निकै लोक प्रिय छ । सहासिक खेलको रुपमा हेरिने यो खेल नेपालमा पनि सम्भव छ भन्ने उदाहरण मुस्ताङमा सम्पन्न  चौथो स्कि च्याम्पियनसिपले प्रष्ट पारेको छ । हिमालै हिमालको देशको रुपले परिचित नेपालका डाँडा काँडामा पर्ने हिउँले स्कि खेललाई सम्भावना प्रस्टाउँछ पनि । 

नेपालमा भएका धेरै स्थान मध्येको मुस्ताङ स्कि खेलको सम्भावन भनि रहँदा वारागुङ मुक्तिक्षेत्रको रानीपौवाको सेताम्मे हिउँमा चौथो संस्करणको स्की प्रतियोगिता नै सम्पन्न भयो । स्थल मार्गको पहुँच र बसोबासका लागि उपयुक्त मुस्ताङमा हिउको अवस्था राम्रो भएका कारण च्याम्पियनसिप आयोजना गर्न सफल भएको नेपाल स्की संघका महासचिव विजयी श्रेष्ठले बताए ।

च्याम्पियनसीपमा विभिन्न विधामा सिनियर र जुनियर गरी ३१ जनाले सहभागिता जनाए । जसमा अल्पाइन स्की पुरुषतर्फ काठमान्डौंका साहसराम श्रेष्ठ च्याम्पियन बने । धनगढीका दिनेशकुमार बोहरा दोश्रो र सोलुखम्बुका छिरिङ तेन्जिन गुरुङ तेश्रो भए । यस्तै अल्पाइन स्की महिलातर्फ नुवाकोटकी संगीता लामा पहिलो बन्दा ललितपुरकी देबोटा तिमल्सिना र धनकुटाकी लक्ष्मी राई क्रमशः दोस्रो र तेश्रो भए । 

अघिल्लो वर्ष कोरोनाका कारण स्की च्याम्पियनसिप आयोजना गर्न कठिनाई भएको थियो । प्रतियोगितामा सहभागी भएका खेलाडीमध्येका सदा श्रेष्ठले हिउ पर्ने स्थान मध्येको मुस्ताङ क्ष्ोत्रमा स्लोप बनाउनका लागि सजिलो हुने भएकाले उचित प्रशिक्षण हुँदा स्की खेलले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने बताए ।

विदेश रसियामा अभ्यास गरेर आएका सुजता तामाङले स्वदेशमा नै स्की खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

हिउँको पाखामा खेलिने स्कि खेलको सम्भावन नेपालमा भए पनि अन्य अरु खेल भन्दा उति चलायमान छैन् । दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा खेलको विकास गर्दै पर्यटनसँग जोड्न सके स्कीले फड्को मार्न सक्ने र स्कीमा पनि आकर्षण बढ्ने पर्यटन व्यवसायीले बताउँदै आएका छन् । यस्तै हिउँ खेल्न रुचाउने पर्यटकको पहिलो गन्तव्य हुने मुस्ताङमा स्की खेलको प्रर्वद्धन र विकास गर्न सके विकट मुस्ताङले खेलकुदबाट पनि परिचय कमाउने थियो । 

Advertisement

Advertisement