यसअघि हाम्रो पार्टीलाई भोट नदिएर जनताले गल्ती गरे, अहिले चाहीं उभार आएको छः प्रचण्ड

Advertisement

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने सम्भावना रहेको दावी गरेका छन् । 

आइतबार बिहान पोखराका सञ्चारकर्मीसँग उनले जनउभार आफ्नो पार्टीको पक्षमा देखिएको दावी गरेका हुन् । माओवादी केन्द्र पहिलो बन्ने सम्भावना रहेको बताए । 

Advertisement

प्रचण्डले विगतमा आफ्नो पार्टीलाई मत नदिएर गल्ती गरेको महशुस जनताले गरेको भन्दै अहिले स्थानीय निर्वाचनमा मतदान गर्ने विश्वास व्यक्त गरे । संविधान बचाउने, देश बचाउने, लोकतन्त्र बचाउने र शान्ति प्रक्रियालाई पूर्णता दिने काम माओवादीबाटै सम्भव हुने भएकाले पनि स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न सहज हुने उनको तर्क छ । 

प्रचण्डले स्थानीय निर्वाचनमा कसैको बैशाखी टेकेर नभई आफ्नै बलमा निर्वाचनमा जाने तयारीमा लागिएको पनि बताए । उनले भने, ‘अहिले जो निर्वाचनमा जाँदैछौं, २०७९ मा । देशभरीको सबै स्थितिलाई हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अगाडि बढि सकेका छौं । तपाईंले हेर्नु भयो भने हाम्रो कार्यक्रममा जो उभार हामीले देखेका छौं । त्यो उभार हेर्दा अब माओवादी नै रहेछ देश बचाउने, संविधान बचाउने पनि । लोकतन्त्र बचाउने पनि, शान्ति प्रक्रिया पूरा गर्ने पनि । माओवादी नै हो– यो देशको उत्पीडित क्षेत्र, जाति, लिंगका समूदायलाई हेर्ने पनि ।’

प्रचण्डले थपे, ‘विगतमा माओवादीलाई मत नदिएर गल्ती गरिएछ भन्ने रियलाईज पनि जनताले गरेका छन । मैले पछिल्लो समय तराईका विभिन्न ५ वटा जिल्लामा जो जनताको उभार देखेँ । एउटै जिल्लामा हजार, बाह्र सय शिक्षक, बुद्धिजीवि पार्टीमा प्रवेश गरेका छन् । अरु थुप्र्रै जनप्रतिनिधिहरु पनि पार्टी प्रवेश गरेका छन । अवको चुनावमा कसैको बैशाखी टेकेर होईन, हामी आफ्नै बलामा चुनाव लडने तयारी गर्दैछौं ।’

अध्यक्ष दाहालले एमसीसी संसदबाट पारित गर्नुपर्छ भन्ने पक्षमा प्रमुख प्रतिपक्ष दल एमालेको पनि मत रहेको बताए । 

Advertisement

Advertisement