बागमती प्रदेशस्तरीय फुटबलको उपाधि मकवानपुरलाई

Advertisement

हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिता अन्तरगत फुटबलको उपाधि मकवानपुरले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा ललितपुरलाई ट्राइवेकरमा ३–० गोल अन्तरले हराउँदै मकवानपुरले फुटबलको उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफको ४ मिनेटमा ललितपुरका विक्की महर्जनले गोल गरेका थिए भने मकवानपुरको तर्फबाट ७ मिनेटमै ललित चौलागाईले एक गोल फर्काएका थिए । खेलको ३६ औं मिनेटमा मकवानपुरका समिरराज थोकरले थप एक गोल गरेका थिए । 

Advertisement

खेलको दोस्रो हाफमाको ६४ मिनेटमा ललितपुरका रोहित गिरीले एक गोल फर्काउदैं गोल बराबरीमा पुर्याएका थिए । निर्धारित समयमा दुबै टिमले थप गोल गर्न नसकेका पछि खेल ट्राइवेकरमा पुगेको  थियो । ट्राइवेकरमा मकवानपुरले ललितपुरलाई ३–० गोल अन्तरले हराउदैं उपाधि हात पारेको छ ।  

विजेता बनेको मकवानपुरले शिल्ड, एक लाख नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ललितपुरले  शिल्ड, ८० हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्यो । विजेता, उपविजेतालाई नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले शिल्ड, नगद र प्रमाणपत्र प्रदान गरे । 
 

Advertisement

Advertisement