ज्योति फाउण्डेशनमार्फत हिमालय उद्धार संघलाई होण्डा जेनेरेटर हस्तान्तरण

Advertisement

काठमाडौँ । नेपालका लागि होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर प्रोडक्टहरुको एक मात्र आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ज्योति फाउन्डेशन मार्फत होण्डा जेनेरेटर सहयोग गरेको छ ।  

विषेशत हिमाली क्षेत्र, अति बिकट ठाउँ जहाँ स्वास्थ्य सेवामा कम पहुँच वा पहुँचनै नभएको क्षेत्रमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने गैरसरकारी संस्था हिमालय उद्धार संघ नेपाललाई स्वास्थ्य उपकरणहरु जस्तै अक्सिजन, भिडियो एक्सरे, तथा अन्य डायग्नोष्टिक उपकरणहरु संचालन गरी स्वस्थ शिबिर संचालन तथा उद्धार कार्यमा सहज होस् भत्रे हेतुले होण्डा जेनेरेटर सहयोग गरिएको हो । 

Advertisement

उक्त संस्थालाई ज्योति समूहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेशनका संचालक मिरा ज्योति र स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिले एक कार्यक्रमका बीच उक्त जेनेरेटर हस्तान्तरण गरेका हुन् ।

यस ब्राण्डका जेनेरेटर तथा अन्य पावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम ईन्धन खपत, कम आवाज, न्यूनतम संचालन खर्च, वातावरण मैत्री र भरपर्दो मानिन्छ । यो सेगमेन्टमा होण्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक बिक्रि हुने पावर प्रोडक्टहरुमा पर्ने कम्पनीले जनाएको छ ।  
 

Advertisement

Advertisement