लिङदेनको प्रश्न– इण्डियालाई बिजुली चाहिन्छ कि भनेर हामीले प्रसारणलाइन बनाइदिनुपर्ने ?

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विदेशी अनुदान धेरै लिनसके देश चाँडै सम्पन्न हुने भनेर ठूला दलका नेताले जनतामा भ्रम छर्ने काम गरेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले देश विकासका लागि मुलुकमै नयाँ नयाँ उद्योगधन्दाको विकास र नयाँ नयाँ आविश्वकारमा जोड दिनुपर्ने बताउँदै तर केही नेताले विदेशी अनुदान आयो भने जनताको सबै गरिवी र कष्ट अन्त्य हुन्छ भने झै भ्रम छरेर नेता बन्न खाजेको बताए । 

Advertisement

उनको भनाई नेपाली कांग्रेसका नेता गगन थापाप्रति बढी लक्षित थियो । लिङदेनले भने, ‘एउटा देशभक्त र दूरदर्शी नेता हो भने अनुदानका लागि यसरी मरिहत्ते गर्दैन् । उद्योगधन्दा खालौं । मुलुकमै नयाँ नयाँ आविस्कार गरौं । नयाँ नयाँ प्रविधिको विकास गरौं । हाम्रो युवा दाजुभाईलाई मुलुकमै बस्ने वातावरण निर्माण गरौं भन्छ । मुलुकलाई आत्मनिर्भर बनाऔं भन्छ ।’

उनले आफूहरु अनुदानको विपक्षमा नरहे पनि अनुदान मात्रैले देश विकास हुन्न भन्ने कुरा अरु देशका उदाहरणबाट पनि सिद्द भइसकेको कुरा हो भन्दै देशमा अस्थिरता सिर्जना गरेर, जनतालाई विभाजित गरेर विदेशी अनुदान लिने र जनताको विकास र शान्तिको अधिकारलाई सधैं कुण्ठित बनाउन अब दिइन्न भने । 

आफूलाई ठूलो दल भन्ने र ती दलका नेताले विकासको बाधक नै राजा हो भन्ने भास्य निर्माण गरेर जनतामा राजसंस्थाप्रति नकारात्मक छाप पार्ने र विदेशीको स्वार्थका लागि मुलुक र जनताको भाग्य र भविश्यमाथि खेलवाड गर्ने काम गर्दै आएको लिङदेनको तर्क छ । उनले भने, ‘हिजो जनतामा शिक्षा र चेतनाको कमी थियो । अब अहिलेका जनताले सत्य कुरा बुझ्दै गएका छन् । यिनीहरुले देश बनाउँदैनन्, बन्न पनि दिँदैनन् । अब विकल्प खोज्नुपर्छ भनेर ती निराश जनता यतिबेला विकल्पको खोजीमा छन् ।’

भारतलाई बिजुली चाहिन्छ कि भनेर हामीले प्रसारणलाइन बनाइदिनुपर्ने ? 
नेता लिङदेनले बिजुली जस्तो वस्तु भारतलाई चाहिन्छ कि भनेर हामीले नै प्रसारणलाइन बनाइदिने सोच गलत भएको बताएका छन् । यदि भारतलाई विजुली आवश्यक परे उसैले प्रसारणलाइन बनाउनुपर्ने उनको भनाई छ । 

लिङ्देनले भने, ‘पहिलो कुरा त बिजुली सकेसम्म बेच्ने कुरा होइन् । दोस्रो कुरा आफ्ना जनतालाई, आफ्ना उद्योगधन्दालाई सहुलियतमा बिजुली दिन सकेको छैन् । भारतबाट ३२–३३ रुपियाँ प्रतियुनिटमा बिजुली किनेर बाल्नुपरेको अवस्था छ । पेट्रोल किन्न खर्बौं रुपियाँ बाहिर गइरहेको छ । कतिपय ठाउँमा अझै बिजुली पुगेको छैन् । यहाँ केही मान्छेलाई हतार हतार भारतलाई बिजुली बेच्नुपरेको छ । त्यो पनि सस्तोमा मूल्यमा । त्यही सस्तोमा पनि उसले किन्छ किन्दैन ठेगान छैन् ।’ 

नेता लिङदेनले एमसीसीको अनुदानलाई खर्च गर्न सकिने अरु धेरै पूर्वाधार आयोजनाका क्षेत्र भए पनि इण्डियालाई बिजुली चाहिनसक्ने अनुमानका आधारमा खर्च गर्ने कुरा गलत हो भन्दै इण्डिया आफै उर्जाका स्रोतहरुमार्फत आफ्नो आन्तरिक माग पूर्ति गर्ने काममा लागेको अवस्थामा अमेरिकाले दिएको अनुदानबाट महंगोमा बनाइएको प्रसारणलाइन खेर जानसक्ने बताए । भारतलाई आफै प्रसारणलाइन बनाउन बाध्यता सिर्जना गर्ने हो भने त्यसको उपयोगका लागि पनि उसले नेपालमा जलविद्युत उत्पादनमा लगानी गर्नसक्ने अवस्था रहन्थ्यो भन्दै उनले भने, ‘हामीले भारतलाई लागि सोचिदिने हो कि आफ्नो मुलुकको स्वार्थ हेर्ने हो ? त्यो कुरा हुन सकेन् ।’ 

उनले आन्तरिकरुपमा प्रसारणलाइनको संरचना बलियो नभएकाले कतिपय विद्युत आयोजनाको बिजुली अझै पनि खेर जाने अवस्था रहेको कुरातर्फ ध्यान नदिई सरकारले इण्डियामा बिजुली बेच्ने र धनी हुने सपना मात्रै जनतालाई बाँड्ने काम गरेको बताए । नेता लिङदेनले नेपालमै हजारौं मेगावाट विद्युत खपत हुनसक्ने संभावना रहेको बताउँदै नेता लिङदेनले अहिलेको राजनीतिक व्यवस्था र कार्यशैलीबाट निराश भएका जनतालाई आशा र उमंग ल्याउने गरी काम गर्ने बताए । उनले भने, ‘धेरै कुरा अहिले भन्नुभन्दा पनि हामी गरेर देखाउँछौं । देखाउन सक्छौं भन्ने कुरा अहिले हामीले जितेका स्थानीय निकायमा गरेका कामबाट पनि प्रमाणित गरेका छौं ।

Advertisement

Advertisement