चौधरी फाउण्डेसनले गिरानचौरमा बनाएको एकीकृत बस्ती हस्तान्तरण

Advertisement

काठमाडौं । चौधरी समूहले भूकम्प प्रभावितका लागि सिन्धुपाल्चोकको गिरानचौधरमा निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरण गरेको छ । चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले उक्त बस्ती हस्तान्तरण गरेका हुन् । 

मेलम्ची नगरपालिका वडा नम्बर १२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ एकीकृत बस्तीको चौधरीले उद्घाटन गरे । गिरानचौरमा आइतबार आयोजित कार्यक्रममा निर्माण भएका ६२ घरहरु स्थानीय नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिमा आबद्ध परिवारलाई हस्तान्तरण गरेका हुन् । 

Advertisement

२०७२ सालको भूकम्पले घर भत्काएपछि कष्टकर जीवन बाचिरहेका गिरानचौरवासीले सहयोग मागेपछि फाउण्डेसनले राष्ट्रिय पुननिर्माण प्राधिकरणसँगको सहकार्यमा बस्ती निर्माण सुरु गरेको हो । समिति मातहातका परिवारले श्रमदान र स्थानीयस्तरमा उपलब्ध निर्माण सामग्रीको संकलनमा सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै चौधरीले चौधरी फाउण्डेसनले एकीकृत बस्तीको अवधारणा कार्यान्वयनमा ल्याएर भूकम्प पीडितलाई सुन्दर बस्ती उपहार दिन पाउँदा सन्तोष लागेको बताए । भविष्यमा पनि यस कार्यक्रमलाई सीमान्तकृत वर्गमा पु¥याउने उनले बताए । 

चौधरीले भने, ‘हामीले भवन हस्तान्तरण गर्दैमा मात्र आफ्नो जिम्मेवारी सकिएको ठान्दैनौं । यहाँका बासिन्दाहरुको जीवनयापनलाई सहज बनाउन पनि लागिपरेका छौं । एकीकृत बस्तीका बासिन्दालाई आर्थिकरुपले सम्पन्न बनाउने योजना पनि बनाएका छौं ।’ 

Advertisement

Advertisement