निर्वाचन आयोग सत्ताधारी पक्षमा लाग्योः ओली, ‘विना सहमति रंग परिवर्तन स्वीकार्य छैन्’

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले निर्वाचन आयोग सत्ताधारी दलहरुलाई फाईदा पुग्ने खालको गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् । 

स्थानीय निर्वाचनको मत पत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णय एउटा दल विशेषलाई फाईदा पुग्नेगरी आयोगले गरेको भन्दै उनले त्यसप्रति आपत्ति समेत जनाए । 

Advertisement

आईतबार बसेको एमालेको स्थायी कमिटी बैठकमा ओलीले स्वतन्त्र, निष्पक्ष, धाँधलीरहीत र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नुपर्ने निर्वाचन आयोगको गतिविधिप्रति आशंका गर्नुपर्ने अवस्था आएकोमा आफूलाई चिन्ता लागेको बताए । आयोगले दलहरुसँग छलफल समेत नगरी निर्णय गर्दै जाने काम गर्न नहुने उनको भनाई थियो । 

ओलीले भने, ‘दलहरुसँग परामर्श नगरी चुनाव चिन्हको रङ बदल्ने कुरा सहज, समान्य हुँदैहोईन । निर्वाचन आयोेगले समयसयममा विभिन्न दलहरुसँग परामर्श गर्ने गर्दछ । तर महत्वपूर्ण विषयमा परामर्श गर्नुनपर्ने, अरु अनावश्यक विषयमा परामर्श गर्नुपर्ने भन्ने होईन । एउटा दल विशेषलाई, सत्ताधारी दललाई फाइदा पुग्ने गरी रङ निर्धारण गर्यो । परिवर्तन गर्यो । पहिले प्रचलनमा आएको रङ परिवर्तन गर्नका लागि सहमति गर्न अनिवार्य हुन्छ निर्वाचनमा । 

उनले थपे, ‘कसैलाई फाईदा पुग्नेगरी विल्कुल बेठिक काम भयो । आयोगले विगतमा पनि मतपत्र च्याते पनि ठिकै देख्ने । जसो गरेपनि हाम्रो विपक्षमा फैसला दिने खालको विगतमा पनि हामीले त्यो देख्यौं । राष्ट्रियसभाको निर्वाचनको मत परिणामलाई देखाएर निर्वाचन आयोगले सरकार गठन गर्ने काम रोक्यो । यस्ता कुराहरु विगतमा नै हामीले भोग्दै आयौं । देशको सबैभन्दा ठूलो पार्टीसँग परामर्श नै नगरी साँठगाँठयुक्त क्रियाकलाप, सेटिङयुक्त क्रियाकलाप गरिन्छ । यी कुराहरु नहुन भन्ने हाम्रो धारणा हो ।’ 

निर्वाचन आयोग अटेरी गरेर बेठिक क्रियाकलापमा सुरुसुरु अगाडि बढिरहेको भन्दै ओलीले यो अत्यन्तै चिन्ताजनक विषय हो भने । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि आयोगका गतिविधिहरु सकारात्मक र निर्णायक हुनुपर्ने भन्दै उनले तर निर्वाचन आयोगकै गतिविधि र भूमिका यस ढंगले अगाडि बढन थालेपछि भोली निर्वाचनको बखत के होला ? भन्ने कुरामा गम्भीर आशंका छ भने । 

Advertisement

Advertisement