युक्रेनसँगको शान्ति वार्तामा आफूलाई विष खुवाइएको रुसी अर्वपतिको दावी

Advertisement

एजेन्सी । युक्रेनसँगको शान्ति वार्तामा आफूलाई विष खुवाइएको रुसी अर्बपति रोमन अब्रामोभिचले दावी गरेका छन् । युक्रेन रबेलारुसको सीमामा भएको उक्त वार्तामा आफूलाई विष खुवाइएकाले बिरामी परेको उनले बताएका हुन् । 

रुसले  युक्रेनमाथि सैन्य हमला गरेसँगै रुस र युक्रेनबीच शान्ति वार्ता भएको थियो । यसी मार्च महिनाको सुरुमा भएको वार्तामा अब्रामोभिचसहित रुसी पक्षका प्रतिनिधिहरुमा विषको लक्षण देखिएको उनीहरुको पक्षको भनाई उदृत गर्दै बीबीसीले समाचार प्रकाशित गरेको छ । 

Advertisement

चेल्सी फुटबल क्लबका मालिकसमेत रहेका अब्रामोभिच अहिले भने विषको प्रभावबाट मुक्त भइसकेको जनाइएको छ । उनको आँखा र छालामा समस्या देखिएको बताइएको थियो । विषको असरले दुई युक्रेनी शान्ति वार्ताकार समेत प्रभावित भएको बताइएको छ।

विष प्रयोग शान्ति वार्ता भाँड्नका लागि रुसमा रहेका कट्टरपन्थीले मञ्चन गरेको योजना भएको बताइएको छ । यसमा अमेरिकी संलग्नताको समेत आशंका गरिएको छ । तर एकजना नाम अमेरिकी अधिकारीले भने त्यो आरोपलाई अस्वीकार गर्दै अब्रामोभिचमा देखिएका लक्षण विष प्रयोगका कारण नभइ ुवातावरणीयु प्रभावका कारण भएको आफ्ना गुप्तचरी सूचनाले बताएको रेको रोयटर्स समाचार संस्थालाई बताएका छन् । 

अब्रामोभिच निकट स्रोतले भने उक्त घटना भएको र अनुसन्धानकर्ताले त्यो नियतवश रासायनिक तत्त्वका प्रयोग भएको निष्कर्ष निकालेको बताएको बीबीसीले उल्लेख गरेको छ । अब्रामोभिचले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई समेत भेटेको बताइन्छ ।

Advertisement

Advertisement