देउवा प्रमको हैसियतमा नभई कांग्रेस सभापतिको हैसियतमा भाजपा कार्यालय गएको तर्क

Advertisement

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको पहिलो दिन सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय गएको तर्क गरेका छन् । 

भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुग्नासाथै त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टीको मुख्यलयमा गएको विषयमा चर्को आलोचना भइरहेको बेला देउवा आइतबार स्वदेश फर्किएसँगै त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले भाजपाको मुख्यालयमा जानु कूटनीतिक मर्यादाविपरीत नभएको तर्क गरेका हुन् । 

Advertisement

कांग्रेसको सभापति भएको नाताले, नेपाली कांग्रेसले अन्य विभिन्न देशका पार्टीहरूसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको बताउँदै उनले चीनको कम्युनिस्ट पार्टीदेखि भारतको कंग्रेस पार्टीसँग पनि राम्रो सम्वन्ध रहेको बताए । भाजपासँग पार्टी–पार्टीबीचको सम्बन्ध स्थापित गर्नका लागि भाजपा हेडक्वाटरमा देउवा गएको खड्काले दोहोर्याए । 

मन्त्री खड्काले नेपाल र भारतबीचका सीमा सम्बन्धी विषय संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच छलफल भएको बताए  

उनले भने, ‘दुई प्रधानमन्त्रीबीच सीमा सम्बन्धी विषयहरूमा कुराकानी भएको छ । दुई देशबीच स्थापित संयन्त्रहरूमार्फत सीमा सम्बन्धी विषयहरू संवाद र कूटनीति मार्फत समाधान गर्ने कुराकानी भएको छ ।’

Advertisement

Advertisement