एमालेको प्रचार–प्रसारका लागि समय निकाल्न व्यवसायीलाई केपी ओलीको आग्रह

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनको प्रचार–प्रसारका लागि  समय निकाल्न व्यवसायीलाई आग्रह गरेका छन् । निर्यात व्यवसायीहरुको कार्यक्रममा सोमबार उनले त्यस्तो आग्रह गरेका हुन् । 

स्थानीय निर्वाचनपछि मुलुकमा राम्रो दिनको सुरुवात हुने भन्दै ओलीले पूरै राम्रो दिन संसदीय निर्वाचनपछि सुरु हुने तर्क गरे । स्थानीय र संसदीय निर्वाचनमा आफ्नो पार्टी नै विजयी हुने उनको जिकिर छ । ओलीले संसदीय  निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन सुरु हुने दावी पनि गरे । 

Advertisement


अव कोभिड पनि समाप्त हुने चरणमा पुगेकाले व्यवसायीका लागि पनि अबको दिन भने राम्रो हुने उनले बताए । ओलीले भने, ‘अहिले त हामी चुनावतिर छौं । तपाईंहरुले पनि यसो समय निकाल्नु होला । सके प्रचार–प्रसार गर्नुहोला । सक्नु भएन भने भोट हाल्नु होला । अब मैले योभन्दा धेरै अरु केही भनिरहनु पर्ला जस्तो लाग्दैन् ।’ 

उनले स्वदेशी बस्तुको उत्पादन गरी मुलुकमा निर्यात व्यापार बढाउन पनि आग्रह गरे । ओलीले अनाआवश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना वस्तुहरुको बजारीकरणमा जोड दिन सल्लाह दिए । मुलुक रेमिटयान्सले धानिएकोले  अब त्यसको भर पर्न नहुने उनको भनाई छ । 

Advertisement

Advertisement