नेपालको जैविक विविधता जोगाउन अमेरिकामा सम्झौता

Advertisement

काठमाडौं । प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र केटिके बेल्टबीच नेपालको प्राकृतिक सम्पदा र जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले अमेरिकाको वासिङटन डिसीमा सम्झौता भएको छ । 

डिसीमा आयोजित कार्यक्रममा केटिके बेल्टको तर्फबाट राजिव गोयल, कोषका सदस्य सचिव शरद अधिकारी र विभागका प्रमुख डा रामचन्द्र कंडेलले हस्ताक्षर गरेको कोषले जानकारी दिएको छ । 

Advertisement

कोशी टप्पु कञ्चनजंघा बायोडायभर्सिटी एजुकेशन लाइभलिहुड टेरा स्टुडियो (केटिके इन्क बेल्ट) का अध्यक्ष गोयललेसम्झौताले कोशी टप्पु क्षेत्रमा पाइने बन्यजन्तु, वनस्पति र जैविक विविधताको संरक्षणमा सहयोग पुग्ने बताए ।  

सदस्य सचिव अधिकारीले सम्झौताको मुख्य उद्देश्य बनस्पति, वन्यजन्तु र भूदृश्यहरु समेतको संरक्षण, सम्वर्द्धन तथा व्यवस्थापन गर्नु रहेको बताए । केटिके बेल्ट विगत १५ वर्षभन्दा बढी नेपालको पूर्वी क्षेत्रलाई कार्यक्षेत्र मानेर सक्रिय संस्था हो जो अहिले स्थानीय समुदायलाई वैकल्पिक आयआर्जन र जीविकोपार्जनका आधारहरु कृषि, तालिम, वातावरणीय शिक्षा, राहत वितरणजस्ता कार्यमा संलग्न रहेको जनाइएको छ । 

Advertisement

Advertisement